१० अषाढ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत मधेशी खुला केन्द्रीय सदस्य पदका लागि मनिष झाले उम्मेदवारी दर्ता गराएका छन्।
रास्वपा मधेश प्रदेश RAT विभाग प्रमुख तथा महाधिवेशन प्रतिनिधि अम्भु प्रसाद साहको प्रस्तावमा र २१ जना महाधिवेशन प्रतिनिधिको समर्थनमा झाले केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन्।
पार्टी संगठन निर्माण, विस्तार तथा विभिन्न जिम्मेवारीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका झाको उम्मेदवारीलाई रास्वपाभित्र महत्त्वपूर्ण रूपमा हेरिएको छ। विशेषगरी मधेश प्रदेशबाट प्राप्त व्यापक समर्थनले उनको उम्मेदवारीलाई थप बलियो बनाएको नेताहरूको भनाइ छ।
उम्मेदवारी दर्तापछि झाले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि मात्र पुनः केन्द्रीय पदाधिकारीका लागि योग्य हुने व्यवस्था रहेकाले हालको उम्मेदवारीलाई पार्टीभित्र आफ्नो जिम्मेवारी र योगदानलाई अझ प्रभावकारी बनाउने अवसरका रूपमा लिएको बताएका छन्।
रास्वपाको आगामी नेतृत्व चयन प्रक्रियामा मनिष झाको उम्मेदवारीले मधेश प्रदेशसहित पार्टीका विभिन्न तहमा नयाँ राजनीतिक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। महाधिवेशनको निर्वाचन प्रक्रियासँगै उनको उम्मेदवारीलाई पार्टीभित्र चासोका साथ हेरिएको छ।
रास्वपाको केन्द्रीय सदस्यमा मनिष झाको उम्मेदवारी दर्ता, अम्भु प्रसाद साह प्रस्तावक
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 11 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 73 views



















