राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय र जिल्ला नेता–कार्यकर्ता सामूहिक रूपमा पार्टी परित्याग गर्दै

जनकपुरधाम, माघ ११ गते। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय तथा जिल्ला तहका नेताहरूले पार्टी परित्याग गर्ने घोषणा गरेका छन्। आइतबार जारी संयुक्त विज्ञप्तिमार्फत उनीहरूले वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक यात्रामा अघि बढ्ने निर्णय सार्वजनिक गरेका हुन्।

विज्ञप्तिमा नेपाल गम्भीर राजनीतिक सङ्कट र दिशाहीनताको अवस्थामा पुगेको उल्लेख गर्दै दलगत संकीर्णता, अवसरवाद र व्यक्तिकेन्द्रित राजनीतिले मुलुक र जनतालाई निराश बनाएको निष्कर्ष निकालिएको छ। पार्टीगत आवरणभन्दा माथि उठेर देश, जनता, विधिको शासन तथा व्यापक लोकतान्त्रिक एकताको आवश्यकता रहेको ठहरसहित आफूहरू पार्टी त्यागको निर्णयमा पुगेको जनाइएको छ।
उनीहरूले यथास्थितिवादी, विभाजनकारी र जनआकांक्षाविरोधी राजनीतिबाट अलग भई देशको सार्वभौमिकता, लोकतन्त्र र जनअधिकारको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ राजनीतिक यात्राबारे औपचारिक घोषणा केही दिनभित्र गरिने पनि विज्ञप्तिमा उल्लेख छ।

पार्टी परित्याग गर्नेमा केन्द्रीय तहबाट संजय कुमार चौधरी (केन्द्रीय सचिव), संजय कुमार सिंह, बिजय कुमार राय, राजा राम कापर, अशोक ठाकुर, संजय गाडिया, बिजय नायक, नितु यादव पासवान, पुनम यादव (समानुपातिक उम्मेदवार), सरगुन पासमान, गुलो देवी पासमान (समानुपातिक उम्मेदवार) तथा रामचन्द्र साहलगायत रहेका छन्।
यस्तै धनुषा जिल्ला कार्यसमितिका शंकर कुमार पासवान (जिल्ला उपाध्यक्ष), बिरेन्द्र पासवान (जिल्ला उपाध्यक्ष), जीवन कुमार यादव (जिल्ला सचिव), धन्जित मण्डल (सह–सचिव), प्रकाश ठाकुर, मनोज राउत, हुकुम साह, मुकेश कुमार गडेरी र राजु कुमार चौधरी (राष्ट्रिय परिषद सदस्य) समेतले पार्टी त्यागको घोषणा गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more