पुस ५, जनकपुरधाम। रामानन्द युवा क्लबको ४०औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । उक्त अवसरमा कला, साहित्य तथा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका तीन व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिएको छ।
क्रिकेट प्रशिक्षणमार्फत खेलकुद क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका प्रशिक्षक नवीन सिंह, कला क्षेत्रमा लामो समयदेखि सेवा प्रदान गर्दै आएका तबलावादक मिथिलेश झाजी तथा साहित्यतर्फ सक्रिय योगदान पुर्याएका नित्यनन्द मण्डललाई सम्मानित गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका प्रदेश प्रमुख डाक्टर सुरेन्द्र लाभले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्नुभएको थियो। सो अवसरमा प्रदेश प्रमुख लाभले कला, साहित्य र खेलकुदले समाजको पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता क्षेत्रको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो।
रामानन्द युवा क्लबको कार्यालयमा आयोजित कार्यक्रम क्लबका अध्यक्ष शशिभूषण झाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू, नागरिक समाजका अगुवा तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले रामानन्द युवा क्लबले विगत चार दशकदेखि सामाजिक, सांस्कृतिक तथा युवा सशक्तीकरणका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।
रामानन्द युवा क्लबको ४०औँ वार्षिक उत्सव, तीन व्यक्तित्व सम्मानित
- समाचार
- ९ महिना अगाडि
- 0 Comments
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 51 views
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 30 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 85 views



















