पुस ५, जनकपुरधाम। धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–स्थित कोल्हुवामा रहेको बैद्यनाथ देवनारायण पब्लिक मोडल माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन आज संयुक्त रूपमा उद्घाटन गरिएको छ।
भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त विद्यालय भवनको उद्घाटन भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मीणा र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जय कुमार यादवले संयुक्त रूपमा गरेका हुन्।
उक्त परियोजना भारत सरकारको High Impact Community Development Project (HICDP) अन्तर्गत निर्माण गरिएको हो। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले विद्यालय भवन निर्माणले शैक्षिक पूर्वाधार सुदृढ भई स्थानीय विद्यार्थीहरूको पठनपाठन वातावरणमा सुधार आउने विश्वास व्यक्त गरे। साथै, शिक्षा क्षेत्रमा भारत सरकारको सहयोगले ग्रामीण क्षेत्रका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरिएको थियो।
















