१७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट राज्यको आर्थिक क्षमताअनुसार ल्याइएको बताएका छन् ।
आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री वाग्लेले बजेटको आकार अनावश्यक रूपमा नबढाई कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब २८.५ प्रतिशतको सीमाभित्र राखिएको स्पष्ट पारे ।
उनले प्रारम्भिक चरणमा २५ खर्ब रुपैयाँसम्मको बजेट आउने चर्चा भए पनि अन्ततः करिब २१ खर्ब रुपैयाँ हाराहारीमा सीमित गरिएको जानकारी दिए । पछिल्ला वर्षहरूमा ३० प्रतिशतभन्दा माथि पुग्ने बजेट आकारको प्रवृत्तिलाई यसपटक तोडिएको उनको भनाइ थियो ।
अर्थमन्त्री वाग्लेले भूकम्प र कोरोना महामारीका कारण सार्वजनिक ऋण ४२ देखि ४३ प्रतिशतसम्म पुगेको स्वीकार गर्दै हाल ऋण व्यवस्थापन सुधारको दिशामा अघि बढिरहेको बताए । उनका अनुसार आगामी आर्थिक वर्षमा ४१० अर्ब रुपैयाँ आन्तरिक ऋण र २४७ अर्ब रुपैयाँ बाह्य ऋण लिइनेछ भने ७२ अर्ब रुपैयाँ वैदेशिक ऋण भुक्तानी गरिनेछ ।
सरकारी कर्मचारीको तलब वृद्धिबारे उठेका प्रश्नको जवाफ दिँदै उनले प्रभावकारी रूपमा तलब वृद्धि २१ प्रतिशत पुगेको दाबी गरे । साथै, आगामी वर्षदेखि ऋणको हिसाब गर्ने नयाँ विधिबारे नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी समेत उनले दिए ।
सम्बन्धित समाचारहरु
- Breaking News , राजनीति , समाचार
- ६ घण्टा अगाडि
- 24 views
- 0 minutes Read
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
Read moreछुटाउनुभयो कि?
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 24 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 78 views



















