असार १६, जनकपुरधाम। नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पंजियारको नेतृत्वमा गएको एक टोली द्वारा राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणका निमित्त विश्वविद्यालयका VC लाई भेटी स्मरणपत्र बुझाएका छन।
पूर्व प्रदेश मन्त्री, प्रदेश सभासदस्य राम सरोज यादव,नेपाली कांग्रेसका वरिष्ठ नेता गणेश तिवारीज्यु,जनपाका मेयर मनोज कुमार साह,नगराईन नपाका मेयर बिनय यादव, युवा नेताहरू राम पल्टन साह, प्रवेश चौधरी , क्षेत्र नम्बर ३ `क´ र ` ख´ का क्षेत्रीयस भापतिहरू छेदी राउत र राम चन्द्र पंजियार, नगराईन नपाका पूर्व उपमेयर, सोही नपाका वडा नम्बर ३ र ४ का वडा अध्यक्षहरू, नेपाल महिला संघका कि निलम कर्ण, जिल्ला सदस्य अनिता श्रीवास्तव , नेपाल प्रजातन्त्र सेनानी संघ धनुषाका अध्यक्ष प्रमोद कुमार श्रीवास्त,वडा नम्बर सातका सभापति श्याम साह,बिद्यार्थी नेता सुजित यादव लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
सबै थोक मिलेता पनि,रकमको अभाव नभए पनि राजनैतिक दवावका कारण भवन निर्माण प्रक्रिया अगाडि नबढेको भिसीले जानकारी गराएका छन। तर त्यो दवाव कुन पार्टी वा कुन नेताबाट आईरहेको खुलासा गर्न चाहेनन।
वरू यस कार्यका लागि अझ दवावको आवश्यकता रहेको र हामीलाई पनि यसकिसिमको दवाव बाट बल मिल्ने बताउँदै अहिले हाम्रो सबै भौतिक संरचना भाडा र लिजमा रहेको जानकारी दिदैं हाम्रो आफ्नै भवन होस सबैको चाहना रहेको बताए।
बि.स.२०५३ सालमा नेता बिमलेन्द्र निधि द्वारा प्रस्तावित राजर्षि जनक विश्वविद्यालयको जग बलियो पार्न तत्कालीन जिल्ला बिकास समिति सभापति राम सरोज यादव को अध्यक्षतामा परिषद बाट निर्णय भएको धनुषाले प्रत्येक गा.वि.स १ लाखका दरले र महोत्तरीका सबै स्थानीय निकायले ५० हजारका दरले बोर्डबाटै पास गरि आर्थिक सहयोग गरेका थिए।
जनकपुरमा गुठी संग सहकार्य गरि धेरै जग्गा नहेरेको होइन तर बिरोधका लागि बिरोध गर्नेहरूको कमी न त हिजो थियो र न त आज छ। शिक्षा जस्तो पवित्र कार्यमा पनि बिरोध । हालमा नगराईन नपाको वडा नम्बर ४ मा पर्ने फुलगामाको मणियारी चौरीको लगभग १३ बिग्हा जग्गा उक्त विश्वविद्यालयका लागि दिईएको तीन दशक बित्न लाग्दा पनि रकमको व्यवस्था भएर पनि भवन निर्माणमा अवरोध हुनु चिन्ताजनक विषय हो, नेपाली काङ्ग्रेस का युवा नेता प्रवेश चौधरी ले बताए ।

















