पेट्रोलियम पदार्थको मुल्यमा भारी वृद्धि

असार १६ , काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ । आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

बढेको मूल्य आजै मध्यरातिदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ७ ले र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ ले बढाइएको ।

यसैगरी हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा विक्री मूल्य कायम गरिएको छ । साथै, एल. पी. ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ ।

 

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply