पुस १०, काठमाडौ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सम्भावित सहकार्यबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच गम्भीर छलफल चलिरहेका बेला अनौठो घटनाले राजनीतिक वृत्तमा चर्चा चुलिएको छ।
ललितपुरस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा रवि र बालेनबीच वान–टु–वान वार्ता जारी रहँदा बाहिर जेनजी अभियन्ता सुदन गुरुङले छलफल स्थलको मुख्य गेटमा ताला लगाएका छन्। सहमतिका लागि दबाब दिने उद्देश्यले यस्तो कदम चालेको गुरुङले बताएका छन्।
घटनापछि गुरुङले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै सहमति नहुँदासम्म रवि र बालेनलाई बाहिर ननिस्कन दिने अडान व्यक्त गरेका छन्। उनले भिडियो सन्देशमा भनेका छन्, “जबसम्म दुई जना मिल्नु हुँदैन, तबसम्म यो गेट खोलिँदैन। हामीले गेटमा ताला लगाएर राखेका छौँ। हामी यहाँ गार्ड छौँ—यहाँबाट कोही पनि भित्र छिर्दैन, कोही पनि बाहिर निस्कँदैन। कुरा नमिलेसम्म यत्तिकै हो।”
सामाजिक सञ्जालमा उक्त भिडियो तीव्र रूपमा फैलिँदै गएपछि घटनाले थप तरंग सिर्जना गरेको छ। राजनीतिक सहकार्यको सम्भावनालाई लिएर चासो बढिरहेका बेला यस्तो दबाबमूलक प्रदर्शनले छलफलको गाम्भीर्य र त्यसको प्रभावकारिताबारे प्रश्नसमेत उठाएको छ।
रवि–बालेन भेटवार्ताको औपचारिक निष्कर्षबारे दुवै पक्षबाट अहिलेसम्म स्पष्ट धारणा सार्वजनिक गरिएको छैन। यद्यपि, उक्त वार्ता र त्यससँग जोडिएको घटनाक्रमले आगामी निर्वाचनमा सम्भावित नयाँ राजनीतिक समीकरणबारे बहसलाई थप चर्काएको छ।
रवि–बालेन वान–टु–वान वार्ताकै बीच सुदन गुरुङद्वारा गेटमा ताला
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै श्री राम युवा कमिटीद्वारा पीडितलाई न्यायको माग
- 40 views
जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल
- 32 views
धनुषामा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता, अफवाह फैलाउने गतिविधि निरुत्साहित गर्ने निर्णय
- 41 views
देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने
- 27 views


















