रत्नपार्कमा आज राप्रपाको बृहत् आमसभा

मंसिर २३, काठमाडौ । — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बिहान ११ बजे काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा बृहत् आमसभा आयोजना गर्दैछ। पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आमसभामा सहभागी हुने सबैलाई राष्ट्रिय झण्डासहित उपस्थित हुन आह्वान गरेका छन्।

शाहीका अनुसार राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री व्यवस्था, प्रदेश संरचना खारेजी, हिन्दु–बुद्ध–किरातसमेत समेटिने वैदिक सनातन हिन्दु अधिराज्य पुनःस्थापना, भ्रष्टाचार विरुद्ध कठोरतम कारबाही, तथा संवैधानिक आयोगमा भइरहेका राजनीतिक नियुक्ति रोक्ने एजेन्डा अघि बढाउन सर्वसाधारणको साथ माग्दै आमसभा गर्न लागेको हो।

उनले राजा, जेन–जी अभियान तथा राजनीतिक दलहरूबीच त्रिपक्षीय सहमति हुँदै संविधान संशोधनको दिशामा साझा एजेन्डा बन्ने अपेक्षा रहेको समेत बताए। यही बहसलाई सुदृढ बनाउन आमसभा महत्वपूर्ण हुने भन्दै उनले समर्थन जुटाउन सर्वसाधारणलाई अपिल गरेका छन्।

राप्रपाको आजको शक्ति प्रदर्शनमा ठूलो भीड हुने अनुमान गरिएको छ। पार्टीले आमसभाबाट राजनीतिक परिवर्तन तथा संविधान संशोधन सम्बन्धी आगामी कार्यक्रमका दिशानिर्देश सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।

  • सम्बन्धित समाचारहरु

    जनकपुर अस्पतालमा चिकित्सकमाथि हातपात, दुई जना पक्राउ

    Read more

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more