यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म

माघ ८, काठमाडौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले सोमबार परीक्षा तालिका सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। बोर्डका अनुसार यस वर्ष एसईई परीक्षाका लागि कुल ५ लाख १७ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन्।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका कारण यस वर्ष एसईई परीक्षा केही दिन पछि सारिएको बोर्डले जनाएको छ। यसअघि राष्ट्रिय परीक्षा बोर्डले हरेक वर्ष एसईई परीक्षा चैतको पहिलो साता सञ्चालन गर्दै आएको थियो।
निर्वाचनका लागि आवश्यक मतपत्र तथा एसईई परीक्षाका प्रश्नपत्र दुवै जनक शिक्षा सामग्री केन्द्रबाट नै छपाइ हुने भएकाले समय व्यवस्थापनका लागि परीक्षा तालिकामा परिमार्जन गर्नुपरेको बोर्डको भनाइ छ।

  • सम्बन्धित समाचारहरु

    कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, खतरा तहमा

    Read more

    महासभामा प्रधानमन्त्री शाहको सम्बोधन : ‘हिमालयको चेतावनी सुन्न र त्यसअनुसार काम गर्न तयार रहौँ’

    Read more