मौरिससमा नेपाल–भारत विदेशमन्त्रीबीच भेट—द्विपक्षीय सहकार्य विस्तारमा जोड

२७ चैत, काठमाडौ ।  एस जयशंकर र शिशिर खनालबीच आज दिउँसो मौरिससमा भेटघाट भएको छ।
भेटका क्रममा दुई देशबीच विभिन्न क्षेत्रमा गहन सहकार्य विस्तार गर्दै नेपाल–भारत साझेदारीको पूर्ण सम्भावनालाई साकार पार्ने विषयमा विस्तृत छलफल भएको बताइएको छ। ऊर्जा, व्यापार, पूर्वाधार विकास लगायतका क्षेत्रमा सहकार्य बढाउने विषयमा विशेष जोड दिइएको थियो।
उक्त अवसरमा भारतीय विदेशमन्त्री जयशंकरले नेपालमा नयाँ सरकार गठन भएकोमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।
दुवै पक्षले पारस्परिक हितका विषयमा सहकार्यलाई थप सुदृढ बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more