मुख्यमन्त्री सरोजकुमार यादवले भोलि बुधबार प्रदेश सभामा विश्वासको मत लिने

जनकपुरधाम, मंसिर १६ गते — मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि बुधबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। यसबारे उनले आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्।

मुख्यमन्त्री यादवका अनुसार आज साँझ करिब ३ बजे प्रदेश प्रमुखको कार्यालयबाट विश्वासको मत लिने सम्बन्धमा आधिकारिक पत्र प्राप्त भएको छ। सो पत्र अनुसार उनले भोलि बुधबार दिउँसो २ बजे प्रदेश सभाको बैठकमा उपस्थित भएर विश्वासको मत लिने प्रक्रिया पूरा गर्ने बताएका छन्।

यद्यपि उनले पत्रमा उल्लेखित समय बेलुका ३ बजेसम्म रहेको उल्लेख गर्दै आफूले तोकिएको समयसीमाभित्रै मत विश्वासको प्रक्रिया अघि बढाउने स्पष्ट पारे।

सर्वोच्च अदालतले दिएको २४ घन्टे आदेश अनुसार मुख्यमन्त्री यादवलाई अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने स्थिति पैदा भएको हो। प्रदेशको सत्ताजन्य समीकरण अस्थिर बनेको बेला विश्वासको मत प्रक्रिया प्रदेशको आगामी राजनीतिक दिशानिर्देशनका लागि निर्णायक हुने देखिएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more