मधेश प्रदेशमा सत्ता परिवर्तनको दौड तीव्र, सात दलको पहलमा जितेन्द्र सोनल मुख्यमन्त्री बनाउने तयारी

मंसिर १६, जनकपुरधाम। मधेश प्रदेशको राजनीति तीव्र ध्रुवीकृत बन्दै गएको छ। सर्वोच्च अदालतले वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने परमादेशको समयसीमा आज साँझ पूरा हुँदैछ,। यता सत्ता समीकरण फेरिने संकेत स्पष्ट हुँदै गएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेश संसदीय दलका नेता जयनुल राइनले मुख्यमन्त्री यादवले विश्वासको मत लिन नसक्ने ठोकुवासहित नयाँ सरकार गठनको सक्रिय प्रक्रिया सुरु गरिएको बताएका छन्।

राइनका अनुसार सात राजनीतिक दलहरूबीच जितेन्द्र प्रसाद सोनललाई सम्भावित मुख्यमन्त्री बनाउने प्रारम्भिक सहमति बनिसकेको छ। उनले भने,
“मुख्यमन्त्री सरोजकुमार यादवको पक्षमा संख्या छैन। उनी विश्वासको मत लिन सक्ने स्थिति देखिँदैन। समयसीमा सकिनेबित्तिकै सात दलको संयुक्त पहलमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।”

तर नेपाली कांग्रेसले पनि सरकार नेतृत्वमा दाबी गरिरहेकोले अन्तिम सहमति टुंगो लगाउन दलहरूको संयुक्त बैठक बस्ने तयारी छ। दलहरूबीच वार्ता तीव्र भइरहेका छन्।

समयसीमा सकिएलगत्तै प्रदेश प्रमुखलाई भेटेर नयाँ सरकार गठनका लागि औपचारिक आह्वान गर्न माग पेस गरिने लोसपा नेताहरूले स्पष्ट पारेका छन्।यससँगै मधेश प्रदेशमा सत्ता परिवर्तन अपरिहार्य जस्तै देखिएको छ, र प्रदेश राजनीति फेरि एकपटक ठूलो उथलपुथलतर्फ अघि बढ्ने संकेत स्पष्ट भएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more