माओवादी केन्द्रद्वारा दुई प्रदेश सांसदमाथि कारबाही प्रक्रिया आरम्भ

कार्तिक २७, जनकपुरधाम। मधेश प्रदेशमा सत्ता समीकरण फेरबदलपछि नेकपा (माओवादी केन्द्र) ले आफ्ना दुई प्रदेशसभा सांसदमाथि पार्टी ह्विप उल्लङ्घन गरेको आरोप लगाउँदै कारबाही प्रक्रिया सुरु गरेको छ।

माओवादी केन्द्र संसदीय दलका नेता भरत साहका अनुसार, प्रदेशसभा सदस्य रहबर अन्सारी र मालाकुमारी कर्णले विश्वासको मतको दिन पार्टीको निर्देशनविपरीत मतदान गरेपछि उनीहरूविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको हो। पार्टीले दुबै जनालाई साधारण सदस्यताबाट समेत निष्कासन गर्ने तयारी गरेको साहले जानकारी दिएका छन्।

गत साता तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले विश्वासको मत लिँदा माओवादी केन्द्रले आफ्ना सबै सांसदलाई गठबन्धनको पक्षमा मतदान गर्न निर्देशन दिएको थियो। तर अन्सारी र कर्णले पार्टीको आधिकारिक ह्विप उल्लङ्घन गर्दै सोनल सरकारलाई समर्थन गर्न अस्वीकार गरेका थिए।

पार्टी नेतृत्वका अनुसार, उनीहरूको यो कदमले गठबन्धन सरकार ढल्नुपर्ने अवस्था सिर्जना गर्‍यो। पाँचदलीय गठबन्धनको समर्थनमा बनेको लोसपा नेता सोनल नेतृत्वको सरकारले विश्वासको मतमा आवश्यक समर्थन नपाएपछि ढलेको थियो।

विश्वासको मतमा अपेक्षित मत प्राप्त गर्न असफल भएपछि मुख्यमन्त्री सोनलले प्रदेशसभामै राजीनामा दिएका थिए। माओवादी नेतृत्वले पार्टी शिस्त र अनुशासनविपरीत काम गर्नेहरूलाई भविष्यमा पनि कठोर कदम चाल्ने चेतावनी दिएको छ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more