मन्त्रिपरिषदद्बारा आगामी आर्थिक वर्षको बजेट स्वीकृत, आजै संसद्मा पेश हुँदै

१५ जेठ , काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री बालेन्द्र साह को अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको हो ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोख्रेल lले मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३/८४ को आय–व्ययको अनुमानित विवरण (बजेट) पारित गरेको जानकारी दिनुभयो ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सरकारले सार्वजनिक गर्ने बजेटमा आगामी वर्षको राजस्व संकलन, सरकारी खर्च, विकास योजना, सामाजिक सुरक्षा, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा आर्थिक सुधारका कार्यक्रम समेटिने अपेक्षा गरिएको छ ।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more

    जनकपुरधाममा संविधान संशोधन र हिन्दूराष्ट्रको माग गर्दै राष्ट्रिय एकता दलको प्रदर्शन

    Read more