मन्त्रिपरिषद्को निर्णय : मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

कार्तिक २४, काठमाडौ ।  सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाउने निर्णय गरेको छ। बैठकले संविधानको धारा १६५ अनुसार प्रदेश प्रमुखलाई बर्खास्त गर्दै नयाँ प्रमुख नियुक्त गर्ने तयारी थालेको सरकारी स्रोतले जनाएको छ।

प्रदेश प्रमुख भण्डारीले हालै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियामा विवादास्पद भूमिका खेलेको भन्दै उनको कार्यशैलीप्रति राजनीतिक दलहरू र नागरिक समाज दुवैबाट तीव्र आलोचना हुँदै आएको थियो। उनले प्रदेशसभा बैठक आह्वान नगरी र संविधानको मर्मविपरीत गैरपारदर्शी ढंगले मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाइएको छ।

सरकारी स्रोतका अनुसार, मन्त्रिपरिषद्को बैठकमा भण्डारीले संवैधानिक मर्यादा उल्लङ्घन गरेको र राजनीतिक पक्षपातपूर्ण निर्णय लिएको निष्कर्ष निकालिएको थियो। सोही आधारमा उनलाई पदमुक्त गर्ने प्रस्ताव राष्ट्रपति समक्ष पठाइने निर्णय भएको हो।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more