मधेशमा सात दलको सहमति: कांग्रेस सांसदिय दलको नेता कृष्णा यादव मुख्यमन्त्री बन्ने लगभग पक्का

मंसिर १९, जनकपुरधाम।  — मधेश प्रदेशमा नयाँ सत्ता समीकरणबारे सात दलबीच महत्वपूर्ण सहमति बनेको छ।
विश्वसनीय स्रोतका अनुसार मुख्यमन्त्री र प्रदेशसभाका सभामुख दुवै पदका लागि बहुदलीय गठबन्धन अन्तिम चरणको तयारीमा पुगेको छ। सम्बन्धित दलहरूले नाम गोप्य राख्दै आज दिउँसो करिब २ बजे औपचारिक रूपमा दावी पेश गर्ने कार्यसूची तय गरेको पनि स्रोतले जनाएको छ।

गठबन्धनमा संलग्न नेताहरुका अनुसार मुख्यमन्त्रीका लागि नेपाली काँग्रेसका नेता कृष्णा यादवको नाममा सहमति हुने लगभग पक्का भएको छ। अन्तिम क्षणसम्म आन्तरिक परामर्श जारी राखिएको भए पनि यादवकै नेतृत्वमा नयाँ सरकार गठनतर्फ गठबन्धन सकारात्मक देखिएको स्रोतको भनाइ छ।

प्रदेशसभामा बहुमत सुनिश्चित गर्न सात दलका प्रतिनिधिहरू बिहानैदेखि निरन्तर छलफलमा थिए। गठबन्धनले एकैपटक मुख्यमन्त्री र सभामुख दुवै पदमा साझा उम्मेदवारी अघि सार्ने तयारी गरेको छ, जसलाई आज २ बजेदेखि सुरु हुने दावी पेश प्रक्रियाबाट औपचारिकता दिइनेछ।

  • सम्बन्धित समाचारहरु

    भारतसँग सबै क्षेत्रमा सहकार्य विस्तार गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

    Read more

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more