भाजपा अध्यक्षको निमन्त्रणामा रवि लामिछाने नयाँ दिल्लीमा

१८, जेठ । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी सोमबार दिउँसो नेपाल वायुसेवा निगमको उडान नम्बर आरए–२१७ मार्फत काठमाडौंबाट प्रस्थान गरेका हुन्।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भाजपा महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए। विमानस्थलमै भाजपा नेताहरूको उपस्थितिले उनको भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

भारत भ्रमणमा रविसँग उनकी पत्नी निकिता पौडेल, स्वकीय सचिव प्रदीप आचार्य तथा रास्वपाका सांसदहरू विपिनकुमार आचार्य र दिपकराज बोहरा पनि सहभागी छन्।

उनीहरूसँगै भाजपाका तीन जना नेता पनि सोही उडानमार्फत नयाँ दिल्ली फर्किएका छन्। ती नेता गत शुक्रबार काठमाडौं आएका थिए र ग्वार्कोस्थित होटल रोयल टुलिपमा बसेका थिए।

उक्त होटलमा यसअघि रास्वपाले आफ्ना सांसदहरूलाई लक्षित गर्दै आवासीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो। रवि लामिछानेको यो भ्रमणलाई नेपाल–भारत राजनीतिक सम्बन्ध, रास्वपा–भाजपा संवाद तथा आगामी कूटनीतिक समीकरणसँग जोडेर समेत चासोका साथ हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more