बिहार विधानसभा चुनाव 2025 : एनडीएको निर्णायक अग्रता

कार्तिक २८, पटना- बिहार। बिहार विधानसभा चुनाव 2025 को प्रारम्भिक नतिजा सार्वजनिक हुँदै जाँदा राजनीतिक परिदृश्य स्पष्ट बन्दै गएको छ। कुल २४३ सिटमध्ये एनडीए १९२ सिटमा अगाडि देखिँदै छ, जसमा भाजपा ८३, जदयू ८०, एलजेपी २३ र अन्य ७ सिटले योगदान गरेका छन्। महागठबन्धन भने ४७ सिटमा सीमित छ, जसमा राजद ३४ र कांग्रेस ५ सिटमा अगाडि छन्। भीआईपी कुनै पनि सिटमा अग्रता बनाउन असफल भएको छ। अन्य समूह ४ सिटमा अगाडि रहेका छन्। यसले यसपटकको चुनावी दौडमा एनडीएको स्पष्ट प्रभाव र मतदाताको समर्थन झल्काइरहेको छ।

महागठबन्धनतर्फ राजदले केही स्थानमा परम्परागत पकड कायम राखेपनि, समग्र रूपमा गठबन्धन कमजोर देखिएको छ। कांग्रेस केवल पाँच सिटमा अग्रता लिन सफल भएको छ, जसले यसपटकको चुनावी रणनीति र संगठनात्मक तयारीमाथि प्रश्न उठाएको छ।

हाल मतगणना जारी रहेकाले अन्तिम नतिजामा केही उतार–चढाव आउन सक्ने भए पनि प्रारम्भिक अवस्थाले एनडीए सहज बहुमतसहित सरकार गठन गर्ने सम्भावना अत्यन्त प्रबल देखिन्छ।बिहारको आगामी राजनीतिक दिशानिर्धारणमा यी नतिजाले महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more