प्रहरी चेकिङको क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

५ भदौ, विराटनगर । विराटनगरमा सवारी जाँचको क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो ।

घटना गएराति ८:२० बजेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगर महानगरपलिका–४ दूधफारम चोकमा ट्राफिक प्रहरीसहित चेकिङ गरिरहेको थियो ।

विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई प्रहरीले रोकेर जाँच गर्न खोज्दा सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल ट्रकको पछाडि ठोक्किएको थियो ।

प्रहरीले ट्रक रोकेपछि तीव्र गतीमा आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शी बताउँछन् । दुर्घटनामा गम्भिर घाइते भएका चालक चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक चौधरी सामाजिक अभियन्ता हुन् ।

दुर्घटनापछि ट्रक चालक मोरङको बुढीगंगा गाउँपालिका–१ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply