पूर्व एआईजी विश्वराज पोखरेल रास्वपामा प्रवेश, “रविमाथि परेको अन्यायविरुद्ध मेरो राजनीति”

मंसिर १२, काठमाडौ ।— नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा प्रवेश गर्नुभएको छ। पार्टी प्रवेशसँगै पोखरेलले रास्वपा सभापति रवि लामिछानेलाई परेकाे अन्यायविरुद्ध लड्न आफू राजनीतिमा आएको घोषणा गर्दै कडा संदेश प्रवाह गर्नुभयो। २९ वर्षसम्म प्रहरी सेवामा इमानदार बनेर काम गरेको दाबी गर्नुभएका पोखरेलले अब सार्वजनिक रूपमा बोल्न कुनै डर, दबाब र हिचकिचाहट नरहेको बताउँदै भन्नुभयो— “अन्यायको विरोधमै मेरो राजनीति सुरु भएको हो।”

पोखरेलले पार्टी प्रवेशलाई केवल पद, सत्ता वा अवसरको हिसाब नभई न्याय र प्रतिशोध दुवैको राजनीतिक यात्रा का रूपमा व्याख्या गर्नुभयो। स्मरणीय छ, नेपाल प्रहरीको आइजीपी बन्ने निर्विकल्प दाबेदारका रूपमा अघि सारिएका पोखरेललाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्यायपूर्वक रोकेर १७ महिना जुनियर धिरज प्रताप सिंहलाई आइजीपी नियुक्त गरेको थियो। उक्त निर्णयलाई त्यसबेला प्रहरी संगठनभित्र तथा सार्वजनिक वृत्तमा वरिष्ठता, न्याय र संस्थागत मर्यादा विपरीतको ठाडो राजनीतिक हस्तक्षेप भन्दै व्यापक आलोचना भएको थियो।

ओखलढुंगाबाट आगामी निर्वाचनमा घण्टी चिह्नमा प्रतिस्पर्धा गर्ने तैयारीका साथ अघि बढेका पोखरेल बदला लिने राजनीतिक मुडमा पनि देखिनुभएको रास्वपा निकट नेताहरू बताउँछन्। पार्टी प्रवेश कार्यक्रममा उहाँको आशय झल्काउँदै समर्थकहरूले भने, “ओखलढुंगाले घण्टी बजाउँछ, अब न्यायको साथसँगै बदला पनि बज्छ।”

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more