पूर्वी भ्रमणपछि बालेन सुदूरपश्चिम जाँदै, निकट सहयोगीको क्षेत्रमा प्रचार केन्द्रित

माघ ११, काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पूर्वी नेपालको विभिन्न जिल्लामा भ्रमण गरेर फर्किएका छन्। उनी भोलि सुदूरपश्चिम प्रदेश जाने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना हुने चुनावी कार्यक्रममा सहभागी हुने उनको कार्यतालिका रहेको बताइएको छ। मनोनयन प्रक्रियाका क्रममा झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताएर हिजो काठमाडौं फर्किएका थिए। झापाको बसाइबाट उनी उत्साहित बनेको निकटस्थहरूले बताएका छन्।
सुदूरपश्चिममा बालेननिकट दुई जना उम्मेदवार चुनावी मैदानमा छन्। उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र कोर टिम सदस्य केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका छन्।
यी दुवै निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राख्दै बालेन सुदूरपश्चिम जाने तयारीमा रहेको बुझिएको छ। उनका भ्रमणका क्रममा चुनावी सभा, कार्यकर्ता भेटघाट तथा मतदाता संवाद कार्यक्रम समेटिने बताइएको छ।

  • सम्बन्धित समाचारहरु

    मधेश सरकारले प्रहरीलाई ३५ थान १२५ सीसी सुपर स्प्लेन्डर मोटरसाइकल प्रदान

    Read more

    अब ४८ घण्टाअगावै आकस्मिक बाढीको पूर्वसूचना, बाढी पूर्वानुमान पनि ५ दिनसम्म

    Read more