ओलीको ‘पब्लिक डिबेट’ प्रस्तावमा बालेनको तीखो प्रतिक्रिया

माघ ११, काठमाडौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि आह्वान गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत तीखो प्रतिक्रिया जनाएका छन्।
ओलीले देशको नेतृत्व गर्न चाहने दलहरूबीच आमनेसामने बहस हुनुपर्ने धारणा सार्वजनिक गरेलगत्तै बालेनले उनको पोस्टमा टिप्पणी गर्दै गम्भीर आरोपहरू दोहोर्‍याएका हुन्।
बालेनले टिप्पणीमा “आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ” भन्दै विगतका घटनाहरूको सन्दर्भ उठाएका छन्। उनले ७६ जना बालबालिकाको हत्यासँग सम्बन्धित घटनाबारे प्रश्न उठाउँदै त्यसको जिम्मेवारी स्वीकार्न चुनौती दिएका छन्। साथै, त्यस्तो घटनामा संलग्न व्यक्तिसँग एउटै मञ्चमा उभिन नसकिने उल्लेख गरेका छन्।

उनको टिप्पणीमा “७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ” भन्ने अभिव्यक्ति समावेश छ।
ओलीले यसअघि सार्वजनिक रूपमा प्रमुख दलका नेताहरूबीच पारदर्शी बहस आयोजना गर्न आग्रह गर्दै आफू त्यस्तो मञ्चमा उभिन तयार रहेको बताएका थिए। बालेनको पछिल्लो टिप्पणीपछि सामाजिक सञ्जालमा दुवै नेताबीचको अभिव्यक्तिलाई लिएर व्यापक चर्चा सुरु भएको छ।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more