पर्सामा घरायसी विवादपछि पत्नीको हत्या: पति जितेन्द्र माझी पक्राउ

श्रावण १८, पर्सा। पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–५, शंकरसरैयामा एकजना पुरुषले आफ्नै पत्नीको ज्यान लिएका छन्। प्रहरीले दिएको जानकारी अनुसार ३२ वर्षीय जितेन्द्र माझी मुसहरले घरायसी विवादका क्रममा मादक पदार्थ सेवन गरी २४ वर्षीया श्रीमती असपतलीया देवी मुसहरको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा डिएसपी किशोर लम्सालका अनुसार घटना शनिबार राति भएको हो।

डिएसपी लम्सालले बताएअनुसार मादक पदार्थको प्रभावमा रहेका माझीले विवादकै क्रममा हात मुक्का र लठ्ठीले श्रीमतीको घाँटीमा प्रहार गरेका थिए। आक्रमणका कारण गम्भीर घाइते भएकी असपतलीया देवीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।

घटनाको सूचना पाएलगत्तै अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट खटिएको प्रहरी टोलीले आरोपी जितेन्द्र माझीलाई नियन्त्रणमा लिएको छ। मृतकको शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका माझीविरुद्ध ज्यान सम्बन्धी कसुर अन्तर्गत ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता गरिएको छ। अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाइएको डिएसपी लम्सालले जानकारी दिएका छन्।

 

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more

    Leave a Reply