नेपाल–भारत खुला सीमा सुरक्षामा सचेत रहनुपर्ने : मन्त्री शरतसिंह भण्डारी

साउन २, जलेश्वर, महोत्तरी ।बिजि न्युज रिपोर्टर—
नेपालको भूमि भारतविरुद्ध प्रयोग नहोस् भनेर सचेत रहनुपर्नेमा जोड दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल–भारत खुला सीमाको सुरक्षामा दुबै देश जिम्मेवार रहनुपर्ने बताएका छन्।

शुक्रबार महोत्तरीको जलेश्वरमा नेपाल भारत मैत्री संघद्वारा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले बदलिंदो भूराजनीतिक परिवेशका कारण नेपालले पनि विशेष सतर्कता अपनाउनुपर्ने अवस्था आएको बताएका हुन्।

उनले थपे

“खुला सीमाको फाइदा उठाउँदै बाह्य शक्तिहरूले नेपाललाई अस्थिर बनाउने खेल खेलेका छन्। हाम्रो भूमिमा भारतविरोधी गतिविधि हुन नदिन हामी सजग र जिम्मेवार बन्नैपर्छ।”

मन्त्री भण्डारीले खुला सिमाना नेपालको मात्र नभई भारतको पनि साझा सुरक्षा चासो भएको उल्लेख गर्दै भने,

“खुला सीमाले दुई देशबीचको सांस्कृतिक, पारिवारिक, धार्मिक र आर्थिक सम्बन्धलाई मजबुत पारेको छ। तर सुरक्षा चुनौतीको सन्दर्भमा दुवै देश जिम्मेवार भएर सीमा व्यवस्थापनमा ध्यान दिनुपर्छ।”

कार्यक्रमका प्रमुख अतिथि तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष वरिष्ठ नेता महन्थ ठाकुरले अधिकार प्राप्तिको संघर्ष निरन्तर हुनुपर्नेमा जोड दिए। उनले संघर्षको मैदान छोड्न नहुने बताउँदै जनस्तरको सम्बन्धलाई राजनीतिक सीमाभन्दा माथि राख्नुपर्ने धारणा राखे।

उनले थपे

“नेपाल–भारत सम्बन्ध केवल कूटनीतिक मात्र होइन, यो जनजीवन, परिवार, संस्कार र संस्कृति जोडिएको सम्बन्ध हो। जनस्तरको सम्बन्ध अन्य सबै सम्बन्धभन्दा गहिरो र स्थायी हुन्छ।”

कार्यक्रममा धनुषाका २४ र महोत्तरीका १८ जना गरी ४२ जना उत्कृष्ट विद्यार्थीहरूलाई साइकल र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रम आयोजक नेपाल भारत मैत्री संघका अनुसार सीमावर्ती क्षेत्रका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको प्रोत्साहन तथा सहयोगका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा समाजसेवी, राजनीतिक विश्लेषक, शिक्षाविद् र सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नेपाल–भारत सम्बन्धले भौगोलिक सीमाभन्दा पर गहिरो सामाजिक–सांस्कृतिक एकता बोकेको भए पनि वर्तमान भूराजनीतिक उथलपुथलमा सुरक्षा संवेदनशीलता झनै महत्वपूर्ण बनेको छ। खुला सीमाको फाइदा उठाउँदै हुने अवाञ्छित गतिविधि रोक्न नेपाल र भारत दुवैले साझा जिम्मेवारी निर्वाह गर्नु आजको आवश्यकता हो।

मन्त्री भण्डारी र नेता ठाकुरका अभिव्यक्तिहरूले केवल औपचारिक सम्वन्धलाई होइन, जनस्तरको सम्बन्ध सुदृढ पार्दै सुरक्षा सतर्कता अपनाउने पक्षमा चेतना फैलाउने काम गरेको देखिन्छ।

 

 

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाममा संविधान संशोधन र हिन्दूराष्ट्रको माग गर्दै राष्ट्रिय एकता दलको प्रदर्शन

    Read more

    संविधान पूरा हुने दिन हामी आफैँ ल्याउनुपर्छ” : प्रधानमन्त्री बालेन

    Read more

    Leave a Reply