नयाँ प्रधानमन्त्रीको तयारीबीच सुशीला कार्कीले पद छाड्ने प्रक्रिया सुरु

१० चैत , काठमाडौ ।  नयाँ प्रधानमन्त्रीको रूपमा बालेन शाह को नियुक्ति र शपथको तयारी भइरहँदा वर्तमान प्रधानमन्त्री सुशीला कार्की ले पदबाट अलग हुने प्रक्रिया सुरु गरेकी छन्।
प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी छाडिसकेको स्रोतले जनाएको छ। साथै, उनी बालुवाटारस्थित सरकारी निवासबाट आफ्ना व्यक्तिगत सामान टोखास्थित निजी निवासमा सारिसकेकी छन्।
नयाँ सरकार गठनको तयारी तीव्र भइरहँदा सत्ता हस्तान्तरणको प्रक्रिया पनि अघि बढिरहेको छ। यससँगै नयाँ प्रधानमन्त्री शाहको शपथग्रहण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more