धितोपत्र बोर्डले वैदेशिक रोजगारीको आइपिओ आवेदन ४ दिनमै टुंग्याउने

असार १४, काठमाडौ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि हुने प्राथमिक सेयर निष्कासन को आवेदन दिने समय अब १५ दिनबाट घटाएर ४ दिन बनाउने तयारी भइरहेको छ। नेपाल धितोपत्र बोर्डले यस्तो निर्णय प्रक्रियालाई अन्तिम रूप दिन लागेको हो।

बोर्डका अनुसार, हालसम्म वैदेशिक रोजगार क्षेत्रका लागि हुने प्राथमिक सेयर निष्कासनमा १५ दिनको समय दिइँदै आएको थियो। तर, पहिलो वा दोश्रो दिनमै कुल सेयरभन्दा धेरै आवेदन आउने क्रम तीव्र बनेपछि, १५ दिन लामो अवधि आवश्यक नरहेको निष्कर्षमा बोर्ड पुगेको हो।

अबदेखि वैदेशिक श्रमिकहरूलाई ४ दिनको अवधिमा मात्र IPO आवेदन दिन भनिनेछ। यद्यपि, यदि तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा समय थपिने व्यवस्था हुनेछ। तर, कति दिन थपिने भन्नेबारे बोर्डले अहिले निर्णय गरिसकेको छैन। हाल आम सर्वसाधारण लगानीकर्ताहरूका लागि चार दिनको समय दिइएपछि मात्रै बाँकी समय थप गरिने प्रचलन चलिरहेको छ।

पछिल्ला समयमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिने IPO मा मागभन्दा कैयौं गुणा बढी आवेदन आउने प्रवृत्ति देखिएको छ। कम्पनीले बिक्रीमा राखेको सम्पूर्ण सेयर पहिलो वा दोस्रो दिनमै बिक्री हुने अवस्था आउन थालेकाले समय छोट्याउने निर्णय गरिएको हो।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply