दुर्गा प्रसाईं थुनामुक्त, सर्वोच्चको बन्दीप्रत्यक्षीकरण आदेशपछि रिहा

१३ फागुन, काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन्।
मंगलबार सर्वोच्च अदालत का न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेपछि उनी रिहा भएका हुन्।
प्रसाईंलाई जिल्ला प्रहरी परिसरको हिरासतमा गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उमा प्रसाईंले गत साता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्। अदालतले उक्त निवेदनमाथि सुनुवाइ गर्दै थुनामुक्त गर्न आदेश दिएको हो।
निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपमा कारबाही प्रक्रिया अघि बढाउन निर्वाचन आयोग ले प्रहरीलाई पत्राचार गरेको थियो। सोही आधारमा प्रहरीले प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाट पक्राउ गरेको जनाएको थियो।
अदालतको आदेशसँगै प्रसाईं रिहा भए पनि उनीमाथि लागेको आरोप र त्यससम्बन्धी प्रक्रिया भने कानुनी रूपमा अगाडि बढ्ने/नबढ्ने विषयमा सम्बन्धित निकायको औपचारिक धारणा आउन बाँकी छ।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै हिन्दु सम्राट नेपालको मागपत्र

    Read more

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more