दशैँको दोस्रो दिन देवी ब्रह्मचारिणीको पूजा

असोज ७, जनकपुरधाम।  – विजयादशमी अर्थात् दशैँको दोस्रो दिन आज देवी ब्रह्मचारिणीको पूजा–आराधना गरी मनाइँदैछ।

नवरात्रिको पहिलो दिन माता शैलपुत्रीको पूजा सम्पन्न भएपछि आज दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजन गरिन्छ। देवी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र संयमको प्रतीक मानिन्छ। आजको दिन ब्रह्मचारिणीको आराधना गरेमा साधकलाई कठिनाइ सहने शक्ति, धैर्यता र आत्मबल प्राप्त हुने धार्मिक विश्वास छ।

मिथिला क्षेत्रसहित तराई–मधेसका घरघरमा पनि घटस्थापना गरिएको जमरा मठ–मन्दिरमा आज ब्रह्मचारिणीको पूजा गरिएको छ। यस अवसरमा महिलाहरूले व्रत बस्ने, दुर्गा सप्तशतीको पाठ गर्ने र परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने प्रचलन छ।

पण्डित अमित कुमार झाका अनुसार ब्रह्मचारिणी देवीको कृपा प्राप्त गर्नेले संकट, दुख–कष्टबाट मुक्ति पाउने र जीवनमा सफलता हासिल गर्ने जनविश्वास रहिआएको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    जनकपुरधामको चार किल्ला क्षेत्र रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषणा

    Read more

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more