ओलीको घोषणा : अध्यक्ष पद कुनै हालतमा नछोड्ने, भ्रष्टाचारविरुद्ध ठूला योजना

असोज ७, काठमाडौ ।  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्व नछोड्ने स्पष्ट घोषणा गरेका छन्। उनले पार्टी अध्यक्ष पद कुनै हालतमा नछोड्ने मात्र नभई अहिले तत्काल पार्टी बैठक बोलाउने आवश्यकतासमेत नरहेको बताएका छन्।

अध्यक्ष ओलीले  आफ्नो नेतृत्वमै मुलुकलाई समृद्ध र नेपाली जनतालाई खुशी बनाउने लक्ष्य पुरा हुने दाबी गरे। “पार्टी अध्यक्ष पद कुनै हालतमा छोड्दिनँ, अहिले पार्टीको बैठकको पनि आवश्यकता छैन,” उनले भने।

ओलीले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखिएको जानकारी दिए। “अबको प्राथमिकता जनताले प्रत्यक्ष महसुस गर्ने खालका काम गर्नु हो। भ्रष्टाचारको जरा उखेलेर सुशासन कायम गर्ने हाम्रो प्रतिबद्धता छ,” ओलीको भनाइ थियो।

उनका अनुसार हालै पार्टीले भ्रष्टाचारमुक्त नेपाल निर्माणका लागि ठूला योजना तयार पारेको छ, जसको कार्यान्वयन निकट भविष्यमा सुरु गरिनेछ। “जनताले अब परिणाम हेर्नेछन्, मेरो नेतृत्वमा भ्रष्टाचारको कुनै ठाउँ रहने छैन,” उनले जोड दिए।एमाले अध्यक्ष ओलीको यस घोषणाले आगामी दिनमा पार्टीभित्रको आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याउने आकलन गरिएको छ।

 

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाममा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन

    Read more

    सुकुम्बासी बस्ती हटाउने निर्णयमा रास्वपाभित्रै अनभिज्ञता, सरकार–दल समन्वयमाथि प्रश्न

    Read more