ढाकामा राजनीतिक हिंसा, बीएनपी नेताको गोली हानी हत्या

पुस २३, ढाका।  बंगलादेशमा हिंसात्मक घटनाहरू निरन्तर रूपमा बढ्दै गएका छन्। राजधानी ढाकामा अज्ञात समूहले एक राजनीतिक नेताको गोली हानी हत्या गरेको छ। प्रहरीका अनुसार मृतक बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को स्वयंसेवी संगठनसँग आबद्ध अजीजुर रहमान मुसब्बिर हुन्।
घटना ढाकाको व्यस्त कारवान बजार क्षेत्रमा भएको हो। अज्ञात आक्रमणकारीहरूले मुसब्बिरलाई लक्षित गरी गोली प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका छन्।
प्रहरीले घटनाको कारण र आक्रमणकारीहरूको पहिचान खुलाउन अनुसन्धान सुरु गरेको जनाएको छ। घटनास्थल वरपर जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजसमेत जाँच भइरहेको छ। अहिलेसम्म कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन।
आगामी निर्वाचनलाई लक्षित गर्दै बंगलादेशमा बढ्दो राजनीतिक तनावका बीच यो घटना राजनीतिक हिंसाको नयाँ कडीका रूपमा हेरिएको छ

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more