जेन–जी अभियन्ता सुदन गुरुङ सक्रिय कूटनीतिमा : रास्वपा–बालेन–कुलमान गठजोडका संकेत तीव्र

मंसिर १८, काठमाडौ ।— देशमा नयाँ राजनीतिक विकल्प निर्माण गर्न जेन–जी अभियन्ता सुदन गुरुङले थालेको पहल थप तीव्र बन्दै गएको छ। केही समयअघि नै उनले रवि लामिछाने, बालेन शाह, कुलमान घिसिङ लगायत ‘देश बनाउन चाहने’ सबै नयाँ पुस्ताका शक्तिलाई एकीकृत गर्ने कसम सार्वजनिक रूपमा व्यक्त गरेका थिए। यही प्रतिबद्धताअन्तर्गत गुरुङ हालै नक्कु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग करिब एक घण्टा लामो भेटवार्ता गरेका छन्।

स्रोतका अनुसार, भेटमा देशको समग्र राजनीतिक स्थिरता, भ्रष्टाचारविरुद्ध संयुक्त मोर्चा निर्माण, युवा नेतृत्वको आवश्यकता र नयाँ पुस्तालाई केन्द्रमा राखेर दीर्घकालीन राजनीतिक संरचना बनाउने विषयकाे गहन छलफल भएको छ। रवि लामिछाने र सुदन दुबैबीच ‘नयाँ शक्तिको एकता’ यसपटक केवल विचारमै नभई व्यावहारिक रूपमै अघि बढाउनुपर्ने सहमति बनेको बताइएको छ।

सुदन गुरुङले अबका केही दिनमा काठमाडौं महानगरका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङसँग क्रमिक रूपमा भेटवार्ता गर्ने योजना बनाएका छन्। यी भेटार्ताहरूलाई अहिलेसम्मकै सबैभन्दा ठूलो ‘युवा मोर्चा’ निर्माणको द्वार मानिएको छ।

यता राजनीतिक विश्लेषकहरूले सुदन गुरुङको सक्रियता देशको पुरानो राजनीति र भ्रष्ट संरचनाविरुद्ध चुनौतीको रूपमा देखाउन थालेका छन्। उनीहरूको भनाइमा—
“यदि रवि–बालेन–कुलमान–सुदन मोर्चा बनेमा, त्यो नेपाली राजनीतिक इतिहासकै सबैभन्दा प्रभावशाली नागरिक–नेतृत्वको शक्ति बन्न सक्छ।”

रास्वपा भित्र पनि यो भेटलाई अत्यन्त सकारात्मक रूपमा लिइएको छ। पार्टीभित्रका कतिपय नेताहरूले ‘युवा–केन्द्रित बलियो गठजोड’ आगामी चुनावमा निर्णायक शक्ति बन्न सक्ने धारणा राखेका छन्।

बालेन र कुलमान दुवै गैरदलीय लोकप्रिय हस्ती भएको र रवि लामिछाने नेतृत्वको रास्वपा युवा मतदाताबीच अत्यन्त प्रभावशाली रहेको पृष्ठभूमिमा सुदन गुरुङको समन्वयले नयाँ राजनीतिक समीकरण जन्माउने सम्भावना बढेको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more