जेनजी आन्दोलनकारीलाई समात्दै प्रहरी, फेरी ८ जना हिरासतमा

१८ कात्तिक, काठमाडौं। जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोप लागेका ८ जना प्रहरी कार्यालयमा आफैं उपस्थित भएका छन्।

प्रहरी वृत्त जगाती तोडफोड गर्नेहरूको पहिचान प्रहरीले गरेको थियो। तोडफोडमा संलग्न रहेको आरोपमा सोमबार प्रहरीले खबर गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा उपस्थित हुन भनेको थियो।

प्रहरीले बोलाएपछि ८ जना आफैं उपस्थित भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दानबहादुर कार्कीले बताए।

आफैं उपस्थित हुनेहरूमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भएका ३४ वर्षीय रामशरण परियार, काभ्रेको बनेपा नगरपालिका–४ का ३२ वर्षीय रुपक परियार, सर्लाहीको लालबन्दी नगरपालिका–६ का २६ वर्षीय होमबहादुर खत्री, काभ्रेको नमोबुद्ध नगरपालिका–१ का २२ वर्षीय अमृत सुनुवार छन्।

यस्तै, महोत्तरीको सोनाम गाउँपालिका–८ का १८ वर्षीइ प्रह्लादकुमार ठाकुर, भक्तपुर नगरपालिका–८ का ३२ वर्षीय राजन माक, सर्लाहीका १६ वर्षीय सरोज बम्जन र काभ्रेको नमोबुद्ध नगरपालिका–६ का २२ वर्षीय विकाश तामाङ पनि उपस्थित भएका छन्।

उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको एआईजी कार्कीले जानकारी दिए।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more