जनता माध्यमिक बिधालय,नकटाझिजको ऐतिहासिक सफलता

जनता मा वी , नकटाझिजको ऐतिहासिक सफलता: SEE 2081 मा 86.32% विद्यार्थी उत्तीर्ण

असार १९, धनुषा, नकटाझिज ( जनकपुरधाम)— धनुषा जिल्लाको श्री जनता माध्यमिक बिधालय , नकटाझिजले यस वर्षको SEE (माध्यमिक शिक्षा परीक्षा) 2081 मा उल्लेखनीय सफलता हासिल गर्दै सम्पूर्ण मधेश प्रदेशका सामुदायिक विद्यालयहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रधानाध्यापक श्याम कुमार यादवको प्रभावकारी नेतृत्वमा सञ्चालित यस विद्यालयबाट यसपटक कुल 117 विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये 101 जना विद्यार्थीले परीक्षा पास गर्दै 86.32% को प्रशंसनीय सफलता दर हासिल गरेका छन्।

जबकि यस वर्षको SEE मा देशभरको औसत पास प्रतिशत 61.81% मात्र रहँदा मधेश प्रदेशको पास प्रतिशत अझै निराशाजनक—मात्र 28%—रहेको पृष्ठभूमिमा श्री जनता स्कुलको सफलता झनै प्रेरणादायी देखिन्छ।

विद्यालयका प्रधानाध्यापक यादवले यस सफलताको श्रेय सम्पूर्ण शिक्षक-शिक्षिका, अभिभावक र विशेषगरी परिश्रमी विद्यार्थीहरूलाई दिँदै भने, “हामीले नियमित कक्षा, अतिरिक्त कक्षा, परीक्षापूर्व तयारी र व्यक्तिगत सहजीकरणलाई प्राथमिकता दियौं। सामुदायिक विद्यालय पनि सक्षम हुन्छ भन्ने प्रमाण हाम्रो विद्यालयले दिएको छ।”

विद्यालयका शिक्षकहरूको अथक मेहनत, विद्यार्थीहरूको लगनशीलता र श्याम सरको समर्पित नेतृत्व नै यस सफलता पछाडिको मूल कारण भएको बताइएको छ। सामुदायिक विद्यालयहरूप्रति जनविश्वास घट्दै गएको वर्तमान समयमा श्री जनता स्कुलको यस उपलब्धिले एउटा सकारात्मक सन्देश दिएको छ।

शिक्षा मन्त्रालयले प्रदेश र संघीय तहमा सुधारको चर्चा गरिरहँदा, यस्तो विद्यालयको उदाहरणले नीतिनिर्माताहरूलाई पनि सोच्न बाध्य बनाउनेछ कि इच्छाशक्ति, व्यवस्थापन र समर्पण भए सामुदायिक विद्यालयहरू पनि निजीस्तरको प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्छन्।

यस सफलता संगै श्री जनता स्कुलले आगामी वर्षहरूमा झनै उत्कृष्ट नतिजा ल्याउने आत्मविश्वास व्यक्त गरेको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय तह र सम्पूर्ण समुदायको समन्वयले यो शैक्षिक जागरणलाई अझ अगाडि बढाउने अपेक्षा गरिएको

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply