जनकपुरममा मैथिली विकास कोषद्वारा विद्यार्थी केन्द्रित मासिक कथा गोष्ठी सम्पन्न

भदौ ७, जनकपुरधाम।मैथिली विकासक कोषको आयोजनामा विद्यार्थी केन्द्रित मासिक कथा गोष्ठी शनिबार जनकपुरधामस्थित होटल सीता प्यालेसमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रेणना तिवारीको उद्घोषण र आकास मण्डलको अध्यक्षतामा कथा गोष्ठी सुरु गरिएको थियो। कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार सूजित कुमार झा, शिवराम झा ‘गुड्डु’, अभनिस झा, बिमल दत्तसहितका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति  रहेको थियो।

प्रतियोगितात्मक रूपमा सम्पन्न उक्त कथा गोष्ठीमा विद्यार्थीहरू बीचको प्रतिस्पर्धा उत्साहजनक रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा रोहन यादवले प्रथम स्थान हासिल गर्न सफल भए भने आकृती महासेठ द्वितीय र आरुसी ठाकुर तृतीय भएका छन्।

कार्यक्रमले विद्यार्थीहरूमा साहित्यप्रति रुचि र सिर्जनशीलता अभिवृद्धि गर्न टेवा पुग्ने विश्वास गरिएको छ। आयोजक मैथिली विकासक कोषले यस्ता गतिविधिहरूलाई निरन्तरता दिँदै लैजाने प्रतिबद्धता जनाएको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    सुनसरी घटनाको प्रभाव देशभर, विराटनगरदेखि काठमाडौंसम्म विरोध प्रदर्शन

    Read more