जनकपुरधाममा निःशुल्क छात्रवृत्ति प्रवेश परीक्षाको अनुगमन

३ जेठ, जनकपुरधाम।  जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि सञ्चालन गरेको निःशुल्क छात्रवृत्ति प्रवेश परीक्षाको अनुगमन गरेको छ। नगर प्रमुख मनोज कुमार साहसहित शिक्षा, युवा तथा खेलकुद विकास शाखाको टोलीले विभिन्न विद्यालयमा पुगेर परीक्षा सञ्चालन, व्यवस्थापन तथा विद्यार्थीको उपस्थितिको अवस्थाबारे निरीक्षण गरेको हो।
उपमहानगरपालिकाले संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि–२०८१ अनुसार कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रक्रिया अघि बढाएको जनाएको छ। नगर प्रमुख साहले पारदर्शी र व्यवस्थित ढंगले छात्रवृत्ति छनोट प्रक्रिया सञ्चालन भइरहेको बताउनुभयो।
पूर्व निर्धारित कार्यक्रमअनुसार आज बिहान ८ बजेदेखि सम्बन्धित विद्यालयमै परीक्षा सुरु गरिएको थियो। परीक्षामा उल्लेखनीय संख्यामा विद्यार्थीहरूको सहभागिता रहेको जनाइएको छ।
विद्यार्थीहरूको सहभागिता तथा परीक्षा व्यवस्थापनको अवस्थाबारे अनुगमन गरिएको शिक्षा समितिका सदस्य तथा एन–प्याब्सन नगर अध्यक्ष दिपक ठाकुरले जानकारी दिनुभयो।
उपमहानगरपालिकाका अनुसार उक्त प्रवेश परीक्षाको नतिजा आगामी जेठ ७ गते प्रकाशन गरिनेछ।

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more