गृहमन्त्रीलाई महेश बस्नेतको चेतावनी

काठमाडौं, १२ असोज । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनी गरेको व्यक्तिहरूमाथि कारबाही नगरौं भनी गृह मन्त्रालयले निर्देशन दिएको भन्ने समाचारप्रति आपत्ति जनाएका छन्।

बस्नेतले यदि रगत बगाउनेलाई न्याय नदिने, राष्ट्रिय सम्पत्ति जलाउनेलाई सजाय नदिने र निजी सम्पत्तिको क्षति नहुने अवस्था सिर्जना भयो भने प्रधानमन्त्री र गृहमन्त्रीले ठूलो जनआन्दोलनको सामना गर्न तयार हुनुपर्ने चेतावनी दिएका छन्। उनी थप्छन् कि युवाको रगत बगाएर र राष्ट्रिय सम्पत्ति खरानी बनाएर मन्त्री बन्नेहरूलाई इतिहास कहिल्यै माफी नदिनेछ।

बस्नेतले फेसबुकमार्फत भनेका छन्–

“प्रहरीले जेनजी आन्दोलनको नाममा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको फोटो र भिडियो संकलन गरि कारबाही अघि बढाउँदा गृह मन्त्रालयले नै कारबाही नगराउन दबाब दिएको गम्भीर समाचार आएको छ।

यदि रगत बगाउनेलाई न्याय नहुनु भयो, राष्ट्रिय सम्पत्ति जलाउनेलाई सजाय नहुनु भयो र निजी सम्पत्तिको क्षति नपुरिने व्यवस्था बन्यो भने प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यू, तपाईंहरूले ठूलो जनआन्दोलन सामना गर्न तयार रहनुहोला। युवाको रगत बगाएर र राष्ट्रिय सम्पत्ति खरानी बनाएर मन्त्री बन्नेहरूलाई इतिहासले माफ गर्ने छैन।”

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more