एसबीआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ

३० पुस, काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन ।

उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताए । ‘४ जना पक्राउ परेका छन, थप जानकारी प्राप्त भएको छैन’, एसपी लालध्वज सुवेदीले भने ।

मंगलबार राति नेपाल एसबीआई बैंकको घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा लुटपाट भएको थियो । पाँच/ छ जनाको समूहले उक्त बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए ।

लुटिएको रकम मध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भएको छ । स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट उक्त रकम बरामद गरेको छ ।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more