एमाले सचिवालय बैठकका निर्णय सार्वजनिक, देशभर विरोध कार्यक्रम घोषणा

१४ चैत, काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठकमार्फत हालैका राजनीतिक घटनाक्रमप्रति कडा प्रतिक्रिया जनाउँदै विभिन्न कार्यक्रम घोषणा गरेको छ।
पार्टीले सार्वजनिक गरेको निर्णयअनुसार कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने रणनीति अघि सारिएको छ। साथै, आज अपराह्न ३ बजे देशभरका जिल्ला सदरमुकाममा जनसंगठनमार्फत विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, भोलि चैत १५ गते बिहान ११ बजे प्रत्येक जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।
एमालेले लोकतन्त्र र कानुनी राज्यको पक्षमा रहेका सबै राजनीतिक दल, नागरिक समाज तथा आम जनसमुदायसँग संवाद र सहकार्य गर्ने निर्णयसमेत गरेको जनाएको छ।
पार्टीको यो निर्णयले पछिल्लो राजनीतिक घटनाक्रमलाई थप तताउने संकेत देखिएको छ भने आगामी दिनमा आन्दोलनका कार्यक्रम अझ सशक्त बन्ने अनुमान गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे मागपत्र बुझायो

    Read more

    जनकपुरधाममा आन्दोलनरत पक्षसँग सरकारको दोस्रो चरणको वार्ता सुरु

    Read more