अर्थ मन्त्रालयको आग्रह : ठूलो मात्रामा नगद घरमा नराख्न, विद्युतीय भुक्तानीलाई प्राथमिकता दिनुहोस्

असोज १३, काठमाडौ । अर्थ मन्त्रालयले ठूलो मात्रामा नगद घरमा राख्न नहुने आग्रह गर्दै सर्वसाधारणलाई विद्युतीय भुक्तानी प्रणालीलाई प्राथमिकता दिन अनुरोध गरेको छ। मन्त्रालयका अनुसार हाल बजारमा स्रोत नखुलेको रकमबारे सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेका कारण शंकास्पद गतिविधि रोक्न यो कदम आवश्यक ठहरिएको हो।

मन्त्रालयले भनेको छ, “स्रोत खुलेको रकम बैंक तथा वित्तीय संस्थामार्फत कारोबार गर्न कुनै रोक छैन। तर ठूलो मात्रामा नगद घरमा राख्दा अवैध कारोबारसँग संलग्न भएको शंका उत्पन्न हुने भएकाले यस्तो अभ्यास नगर्न अनुरोध गरिन्छ।”

स्रोत नखुलेको रकमको खोजी तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभागले निगरानी बढाएको मन्त्रालयले जनाएको छ। यससँगै विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै सबै खालका कारोबार पारदर्शी र सुरक्षित बनाउन बैंकिङ च्यानल प्रयोग गर्न आग्रह गरिएको छ।अर्थ मन्त्रालयले हालै देखिएका केही घटनाबाट सिक्दै अर्थतन्त्रलाई औपचारिक च्यानलमा लैजाने अभियानलाई तीव्रता दिइएको र यसले वित्तीय अनुशासन कायम गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

 

  • सम्बन्धित समाचारहरु

    गर्भवती मृत्यु प्रकरण : डाक्टर डीबी खत्री र सतिश रुपाखेती प्रहरी नियन्त्रणमा

    Read more

    निर्देशन अवज्ञा गर्दा जनकपुरधामको लिटिल चेम्प स्कुललाई जरिवाना

    Read more