अध्यक्षमा पुनः निर्वाचित भएपछि ओलीको चेतावनी: एमालेमाथि आक्रमण सह्य हुँदैन

पुस ३, काठमाडौ ।  नेकपा एमालेको अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि सम्बोधन गर्दै केपी शर्मा ओलीले एमालेमाथि आक्रमण गर्ने तयारी भइरहेको आरोप लगाएका छन्। उनले एमालेमाथि प्रहार गर्न सजिलो नहुने चेतावनी दिँदै त्यसको परिणाम गम्भीर हुने बताए।

अध्यक्ष ओलीले भने, “एमालेलाई अरू गरेर सकिँदैन भनेर आक्रमण गर्ने तयारी भइरहेको छ। एमालेमाथि आक्रमण गर्न त्यति सजिलो छैन। एमाले नेतृत्वलाई छोएको दिन यो देश ठप्प हुनुपर्छ। एमालेलाई छोएको दिन यो सरकार ढल्नुपर्छ। संसारमा केही महँगो पर्थ्यो भने एमालेलाई छुँदा पर्छ। त्यसका लागि तपाईँहरू तयार भएर बस्नुहोला।”

ओलीले वर्तमान सरकारले निर्वाचन गराउने तयारी नगरेको आरोप पनि लगाए। उनले सरकार षड्यन्त्रमा लागेको दाबी गर्दै भने, “यो सरकार चुनावको तयारी गर्दै छैन, षड्यन्त्रको तयारी गरिरहेको छ। जेन–जीसँग भएको सम्झौता यही षड्यन्त्रको हिस्सा हो।” उनले सरकारको मूल जिम्मेवारी निर्वाचन गराउनु भएको भन्दै संविधान संशोधन गर्ने जिम्मेवारी नदिइएको जिकिर गरे।

“यो सरकार चुनाव गराउन गठन भएको हो। सरकारलाई चुनाव गराऊ भनिएको हो, संविधान संशोधन गर भनेर जिम्मेवारी दिइएको छैन। त्यसकारण यो सरकारले चुनाव गराउँदैन,” ओलीले भने।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more