श्रावण २३ मा ‘अग्रगामी मोर्चा’ घोषणा गरिने, विभिन्न सात दलको सहभागिता रहने

१८ साउन , काठमाडौ । — विभिन्न राजनीतिक दलहरूले मुलुकलाई अग्रगामी निकास दिने उद्देश्यसहित आगामी श्रावण २३ गते काठमाडौंमा ‘अग्रगामी मोर्चा’ को औपचारिक घोषणा गर्ने भएका छन्।
मोर्चामा **जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल लगायतका राजनीतिक दलहरूको सहभागिता रहने जनाइएको छ।
मोर्चाले देशको वर्तमान राजनीतिक अवस्थालाई सम्बोधन गर्दै नयाँ राजनीतिक विकल्प र अग्रगामी निकासको साझा एजेन्डासहित ऐतिहासिक घोषणा गर्न लागेको जनाएको छ। साथै, घोषणा समारोहमा व्यापक जनसहभागिताका लागि सबै नागरिकलाई उपस्थित हुन आग्रह गरिएको छ।
घोषणा कार्यक्रम २०८३ साल श्रावण २३ गते दिउँसो १:०० बजे काठमाडौंको काठमाडौं ब्याङ्क्वेट मा आयोजना हुने आयोजकले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more

    जनकपुरधाममा संविधान संशोधन र हिन्दूराष्ट्रको माग गर्दै राष्ट्रिय एकता दलको प्रदर्शन

    Read more