गृहमन्त्री सुदन गुरुङद्वारा मटिहानी सीमाक्षेत्रको निरीक्षण, मन्दिर र पीर बाबा मजारको भ्रमण

१७ साउन , महोत्तरी ।— गृहमन्त्री सुदन गुरुङले आइतबार नेपाल–भारत सीमावर्ती मटिहानी क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। सीमाक्षेत्रको सुरक्षा अवस्था, व्यवस्थापन तथा समग्र परिस्थितिबारे जानकारी लिन उनी मटिहानी पुगेका हुन्।

मटिहानी आइपुग्दा नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले गृहमन्त्री गुरुङलाई स्वागत गरेका थिए। भ्रमणका क्रममा गृहमन्त्री गुरुङले नेपालकै प्राचीन ऐतिहासिक श्री लक्ष्मीनारायण (मठ) मन्दिरमा पुगेर दर्शन तथा पूजा गरेका थिए। साथै, मुस्लिम समुदायको प्रसिद्ध पीर बाबा मजारमा चादरपोसी गर्दै अवलोकनसमेत गरेका थिए।

गृहमन्त्रीको भ्रमणमा प्रतिनिधिसभा सदस्य प्रमोद महतो र शिव यादव, सशस्त्र प्रहरी बलका एआईजी गणेशबहादुर ठाडा मगर, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा प्रदेशका विभिन्न सुरक्षा निकायका प्रमुखहरूको पनि सहभागिता रहेको थियो।

सीमावर्ती क्षेत्रको सुरक्षा, धार्मिक तथा सामाजिक सद्भावलाई थप सुदृढ बनाउने उद्देश्यका साथ गरिएको यस भ्रमणलाई स्थानीय स्तरमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more