आन्दोलन घोषणा गरेलगत्तै दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

१८ साउन, काठमाडौ  । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।
आइतबार पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउको कारणबारे प्रहरीले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।
प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै आएका छन्। पछिल्लो पक्राउसँगै उनको आन्दोलनको घोषणा र त्यसपछिको घटनाक्रमले राजनीतिक तथा सामाजिक वृत्तमा पुनः चर्चा पाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    जलवायु सङ्कटबारे विश्वव्यापी भाष्य बदल्ने नेपालको तयारी, महासभामा ‘आक्रामक’ मुद्दा उठाउने

    Read more

    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग

    Read more