जनकपुरधाममा निषेधाज्ञा अन्त्य, सोमबारदेखि सबै गतिविधि सहज हुने

१७ साउन , जनकपुरधाम।  जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाउने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार, साउन १६ गते शनिबार बिहान १० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम लागू गरिएको निषेधाज्ञा आन्दोलनरत पक्षले आफ्ना सबै कार्यक्रम फिर्ता लिएपछि हटाइएको हो।

प्रशासनका अनुसार जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख रहेको, जनजीवन सामान्य बन्दै गएको तथा जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा साउन १८ गते सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइने निर्णय गरिएको हो।

यससँगै जनकपुरधामसहित प्रभावित क्षेत्रमा आवतजावत, व्यापार–व्यवसाय तथा अन्य दैनिक गतिविधि सोमबार बिहानदेखि सामान्य रूपमा सञ्चालन हुने प्रशासनले जनाएको छ। प्रशासनले सबै पक्षलाई शान्ति, सामाजिक सद्भाव र कानुनको पालना गर्दै सामान्य जनजीवनलाई सहज बनाउन सहयोग गर्न आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    गृहमन्त्री सुदन गुरुङद्वारा मटिहानी सीमाक्षेत्रको निरीक्षण, मन्दिर र पीर बाबा मजारको भ्रमण

    Read more

    माग सम्बोधन नभए निर्णायक आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

    Read more