प्रधानमन्त्रीको अभिव्यक्तिमाथि ज्ञानेन्द्र शाहीको आपत्ति, ‘प्रमाण पेस गर्नुस्’

२८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको प्रमाण पेस गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताएका हुन् । उनले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता भए पनि प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले आधारहीन अभिव्यक्ति दिन नहुने उल्लेख गरे ।
“अनुमानको आधारमा राष्ट्र चल्दैन, भावनाको आधारमा चल्दैन । प्रमाण पेस गर्न म अनुरोध गर्छु,” शाहीले भने, “प्रधानमन्त्रीले तथ्यबिना बोलिएको रेकर्डहरू हटाउन माग गर्दछु । यो चिया पसल होइन । नेपालले भारतको सीमा मिचेको कुरा प्रमाण पेस गर्न आग्रह गर्दछु ।”
प्रधानमन्त्री शाहले हालै दिएको अभिव्यक्तिमा नेपालले भारतको सीमा मिचेको आशय व्यक्त भएको भन्दै त्यसलाई लिएर संसद्मा बहस सुरु भएको हो ।

  • सम्बन्धित समाचारहरु

    जलवायु सङ्कटबारे विश्वव्यापी भाष्य बदल्ने नेपालको तयारी, महासभामा ‘आक्रामक’ मुद्दा उठाउने

    Read more

    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग

    Read more