प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ्ग द्वारा संविधान संशोधनमा दुई बुँदे सुझाव पेश

१४ जेठ,काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष  तथा प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रस्तावित संविधान संशोधनमा दुई महत्वपूर्ण बुँदा समावेश गर्न सुझाव दिएका छन्। उनले प्रधानमन्त्रीले संसद् र जनताप्रति जिम्मेवारी पूरा नगरेको आरोप लगाउँदै आफूहरू भने जिम्मेवारीपूर्वक संविधान संशोधनका विषयमा धारणा राखिरहेको बताएका छन्।

हर्क साम्पाङले पहिलो सुझावका रूपमा लैङ्गिक विभेद अन्त्य गर्न सबै राजनीतिक, निजामती सेवा तथा सरकारी निकायहरूमा महिलाको सहभागिता ५० प्रतिशत अनिवार्य गरिनुपर्ने उल्लेख गरेका छन्।

त्यस्तै दोस्रो सुझावमा उनले निर्वाचन क्षेत्र निर्धारण गर्दा केवल जनसंख्यालाई मात्र आधार बनाइएको भन्दै भूगोललाई समेत आधार बनाउनुपर्ने बताएका छन्। हिमाली तथा पहाडी जिल्लाहरू भूगोलका हिसाबले अत्यन्त ठूलो भएकाले सेवा प्रवाह र विकास विस्तारमा कठिनाइ भइरहेको उल्लेख गर्दै ती क्षेत्रमा निर्वाचन क्षेत्र संख्या बढाउनुपर्ने माग गरेका छन्।

उनले यी विषयहरू भविष्यमा गरिने संविधान संशोधनमा समेटिनुपर्ने धारणा सार्वजनिक गरेका हुन्।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more

    जनकपुरधाममा संविधान संशोधन र हिन्दूराष्ट्रको माग गर्दै राष्ट्रिय एकता दलको प्रदर्शन

    Read more