मन्दिरमा आगो लगाउने धम्की दिनेलाई तत्काल पक्राउ गर्न ज्ञानेन्द्र शाहीको माग

१४ जेठ, काठमाडौ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले हिन्दु मन्दिरमा आगो लगाउने भनी सार्वजनिक रूपमा धम्की दिने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
प्रधानमन्त्रीलाई अपिल गर्दै नेता शाहीले धार्मिक सद्भाव भड्काउने गतिविधिविरुद्ध कडा कदम चाल्न आग्रह गरेका हुन्। उनले एउटा समूहले पत्रकार सम्मेलन नै गरेर मन्दिरमा आगो लगाउनेजस्तो अराजक अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसप्रति सरकार मौन बसेकोमा गम्भीर आपत्ति जनाएका छन्।
शाहीले कुनै पनि धर्मका धार्मिक स्थलमा आगो लगाउने, तोडफोड गर्ने वा त्यस्तो धम्की दिने कार्य मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत धार्मिक भावना तथा आस्थामाथि चोट पुर्‍याउने कसुर हुने बताएका छन्। साथै, यस्तो गतिविधि नेपालको संविधानको धारा २६ विपरीत रहेको उनको भनाइ छ।
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न यस्ता गतिविधिमाथि तत्काल कानुनी कारबाही आवश्यक रहेको शाहीले बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    जलवायु सङ्कटबारे विश्वव्यापी भाष्य बदल्ने नेपालको तयारी, महासभामा ‘आक्रामक’ मुद्दा उठाउने

    Read more

    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग

    Read more