७ जेठ,काठमाडौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर ब्रान्डको मह गुणस्तरहीन पाइएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले २०८३ असार ५ गते जारी गरेको सूचनामा बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको “Honey (500 gram)” नमुनाको प्रयोगशाला परीक्षण गर्दा न्यूनस्तरको खाद्य पदार्थ भेटिएको उल्लेख गरिएको छ।
सूचनाअनुसार डाबर ब्रान्डको “NB00477” ब्याच नम्बर रहेको उक्त मह खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३५(२) विपरीत पाइएकाले बजारबाट तत्काल ‘रिकल’ (Recall) गर्न आदेश दिइएको हो। साथै सो उत्पादनको बिक्री–वितरणसमेत नगर्न/नगराउन निर्देशन जारी गरिएको विभागले जनाएको छ।
विभागका अनुसार उक्त मह डाबर नेपाल प्रा.लि.द्वारा उत्पादित हो। उत्पादन मिति २०२५/१२ उल्लेख गरिएको छ भने उपभोग अवधि १८ महिना रहेको जनाइएको छ।
विभागले उपभोक्तालाई उक्त ब्याच नम्बरको मह खरिद तथा प्रयोग नगर्न आग्रह गर्दै बजारमा बिक्री भइरहेको पाइए सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेको छ।
गुणस्तरहीन डाबर मह बजारबाट फिर्ता गर्न सरकारको निर्देशन
- समाचार
- ४ महिना अगाडि
- 0 Comments
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
१५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 16 views
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 25 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 79 views



















