जनकपुरधामलाई ‘संरक्षित स्मारक क्षेत्र’ घोषणा गर्ने प्रक्रिया अगाडि बढ्यो

२६ बैशाख , जनकपुरधाम।  पुरातत्व विभाग ले जनकपुरधाम क्षेत्रलाई ‘संरक्षित स्मारक क्षेत्र’ घोषणा गर्ने प्रक्रिया तीव्र बनाएको छ। रामजानकी मन्दिर आसपासको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले औपचारिक प्रक्रिया अघि बढाइएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको विभागले हाल सरोकारवाला निकायहरूसँग छलफल, स्थलगत अनुगमन, क्षेत्रको सीमाङ्कन तथा सम्पदाहरूको अभिलेखीकरण गर्ने कामलाई तीव्रता दिएको जनाएको छ।
यस अभियानअन्तर्गत जनकपुरधामका दर्जनौं मठ, मन्दिर, ऐतिहासिक पोखरी तथा मस्जिदलगायतका धार्मिक तथा पुरातात्विक सम्पदाहरूलाई सूचीकृत गर्ने कार्य भइरहेको छ। विभागका अनुसार संरक्षित स्मारक क्षेत्र घोषणा भएपछि ती सम्पदाहरूको संरक्षण, व्यवस्थापन तथा सुरक्षामा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।
मन्त्रालयले जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वलाई दृष्टिगत गर्दै यस कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ। स्मारक क्षेत्र घोषणा भएपछि सम्पदाको दीर्घकालीन संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more